अखाद्य पदार्थ मिसाउने ‘संगम स्विट्स’ शिलबन्दी

काठमाडौं- सरकारी खाद्य अनुगमन टोलिले मंगलबार बानेश्वरको एक स्विट्स पसल सिलबन्दी गरेको छ । नयां बानेस्वरमा रहेको संगम स्विट्सलाई शिलबन्दी गरिएको हाे । अनुगमनका क्रममा उक्त स्विट्स पसलमा अखाद्य पदार्थ र न्युनतम मापदण्ड समेत पुरा नगरेको पाइएपछि सिलबन्दी गरिएको गुण नियन्त्रण विभागका प्रबक्त्ता पूर्ण चन्द्र बस्तीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको टोलीले अनुगमनको क्रममा उक्त पसलमा अखाद्य पदार्थ भेटाएको थियो । यो भन्दा अघि पनि उक्त्त पसलमा अखाद्य पदार्थ र नियमित मापदण्ड पुरा नगरेको पाइएको थियो । अखाद्य पदार्थको मिसावट पाउदा पनि अनुगमन टोलीले एक दुई पटक सुधारको लागि मौका दिएको थियो तर उक्त स्विट्स पसलले अनुगमन कर्तालाई नै नटेर्ने काम गरेपछि उक्त पसल सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदी बताएका छन् ।