अब आउने निर्बाचनमा कांग्रेस पहिलो पार्टी हुन्छ- कोइराला

खोटाङ: नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अब हुने निर्बाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताएका छन् । कांग्रेस जन्तेढुङगा गाउँपालिका कार्य समिति खोटाङले गरेको चियापान कार्यक्रममा बोल्दै कोइरालाले उक्त कुरा बताएका हुन् ।

कोइरालाले कांग्रेस भित्र रहेको गुट-उपगुटको अन्त्य गरेर कांग्रेसले आफ्ना कमि कमजोरी सुधार गरे आगामी निर्बाचनमा कांग्रेस नै पहिलो पार्टी हुने दाबि गरेका हुन् ।

कांग्रेसको अहिले को मुख्य योजना पार्टीको आन्तरिक समस्यालाई सामाधान गरेर आउने निर्बाचन मा पहिलो पार्टी हुने रहेको कोइरालाले बताए ।

उक्त कार्यक्रममा नेपालि कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल लगाएतका नेताहरुले आफ्नो आफ्नो मन्तब्य राखेका थिए ।

कात्तिक १४, २०७५ मा प्रकाशित