अमेरिकी भाउ अहिले सम्मकै उच्च

अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगो भएको छ । अमेरिकी डलरको प्रतिदर १ सय १८ रुपैयाँ ३३ पैसा पुगेको छ । यो भाउ अहिले सम्मकै उच्च हो । अमेरिकी डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामानको मूल्य पनि वृद्धि भएको छ ।

अमेरिकी अर्थतन्त्र बलियो भैरहेको बेला भारतीय अर्थतन्त्र भने कमजोर हुदै आइरहेको छ । त्यसैको परिणाम स्वरूप नेपालि मुद्रामा प्रभाव परेको हो । नेपाल र भारतीय रुपैयाँमा स्थिर मुल्य भएकै कारण अमेरिकी डलरको भाउ बढ्दा नेपालमा महँगी समेत बढ्ने गरेको छ ।

अमेरिकी भाउ बढ्दा खेरि नेपालि व्यापारमा घाटा लाग्ने भएतापनि अमेरिकामा काम गरेर रेमिटेन्स भित्राउने नेपाली को लागि भने प्रत्यक्ष फाइदा हुने गर्दछ ।

अशोज २१, २०७५ मा प्रकाशित