अमेरिकी राष्ट्रपति ट्रम्प दिए ओलीलाई २ मिनेट भेट्ने समय

प्रधानमन्त्री के पी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औ महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गरेका छन् । आगामी मंगलबारबाट सुरु हुन गैरहेको महासभामा नेपालको प्रतिनिधित्व गरेर ओली अमेरिका प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री ओलीले असोज ११ गते संयुक्त रास्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभालाई सम्बोधन गरिसकेपछि त्यहाँ स्थित उच्च व्यक्तिहरु संग भेट गर्ने कार्यक्रम रहेको छ । उक्त अबसरमा ओलीले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने कार्यक्रम रहेको छ । ट्रम्पले ओलीलाई आफ्नो स्वागत कार्यक्रममा २ मिनेट भेट्नको लागि समय दिएको स्रोतले बताएको छ ।

७३ औ महासभाको मूल विषय संयुक राष्ट्रसंघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति न्याय पूर्ण तथा दिगो समाजका लागि बिश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने सस्था बनाउने रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

संयुक्त रास्ट्रसंघको महासभामा सहभागी भएपछी उहाँ कोस्टारिका जाने कार्यक्रमा रहेको छ ।कोस्टारिकाको २ पक्षीय भेटघाट पछी ओली असोज १७ गते स्वदेश फर्किने छन् ।