आईसिसी टि-२० ‘समुहको बि’ को लागि नेपालि रास्ट्रिय खेलाडी घोषणा

अशोज १५, २०७५ मा प्रकाशित

काठमाण्डौ- आईसिसी टि-२० विश्वकप एसिया छनोट ‘समुह बि’ खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । आइतबार घोषणा भएको उक्त टिममा पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय खेलाडीहरु छन । एसिया छनोटको समुह बि का छनोट खेल आगामी अक्टोबर १ गते देखि १३ गते सम्म मलेसियामा हुदैछ ।

नेपालले छनोट गरेको उक्त टिमको कप्तानमा पारस खड्का र उपकप्तानमा ज्ञानेन्द्र मल्ल परेका छन् भने अन्य खेल्डीहरु अनिल कुमार साह, बिनोद भण्डारी, बसन्त रेग्मी, दिपेन्द्रा शिह, ललित सिंह भण्डारी, करण केसी आरिफ शेख, ललित नारायण राजबंशी, सन्दिप लामिछाने, प्रदिप् एरि, शरद भेषवाकर र सोमपाल कामी रहेको छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा जगत तमटा,टिम म्यानेजरमा रमण शिवाकोटी रहेका छन् ।