इन्डोनेसियामा भूकम्पको कारण मृत्यु हुनेको संख्या १ हजार पुग्यो

अशोज १६, २०७५ मा प्रकाशित

इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार भन्दा बढी पुगेको छ । अझैपनि खोजि तथा उद्दार कार्य जारि रहेकोले मृत्युको संख्या बढ्न सक्ने अधिकारीले बताएका छन् ।

सरकारी तथ्यांक अनुसार भने मृत्यु हुनेको संख्या ८४४ पुगेको बताइएको छ । भूकम्प गएको ५ दिन हुदाखेरी पनि धेरै दुर्गम इलाकामा अजै पनि सम्पर्क हुन नसकेको बताइएको छ । भूकम्प तथा सुनामीका कारण हालसम्म १६ लाखभन्दा बढी प्रभावित भएका छन् ।
राष्ट्रसंघीय अधिकारीले मानवीय सहायताका लागि विश्वभरबाट समन्वयकारी काम भइरहेको जनाउँदै थप सहयोग गर्नसमेत सबैलाई आग्रह गरेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको बुई डोड़ोले पिडितको सहयोगको लागि अन्तराष्ट्रिय संघसस्थासँग अपिल गर्नु भएको छ ।

इन्डोनेसियाको टटिय शहर पालुमा शुक्रबार ७.५ म्याग्नीच्युट शक्तिशाली भूकम्प संगै आएको सुनामीले व्यापक क्षाति गरेको हो । मृत्यु हुनेमा अधिकाम्स पालुमा नगरबासी रहेका छन् ।