कम्पनि मालिक भागेपछि कतारमा १५० नेपालि अलपत्र

कतारमा एक कम्पनीका मालिक कामदारलाई पारिश्रमिक नदिई फरार भएपछी १५० नेपालि अलपत्र परेका छन् । कतारको हुम्टन अन्तराष्ट्रिय कम्पनिका संचालक रईफल केएम कामदारलाई तलब नदिई फरार भएका हुन् । फरार रहेका उक्त्त कम्पनीको मालिक भारतीय नागरिक भएको पिडित नेपालि कामदारहरुले बताएका छन् ।

कम्पनि घाटामा गएपछि कम्पनीका संचालक कतारबाट नै फरार रहेको अनुमान गरिएको छ । उक्त कम्पनीका अध्यक्ष कतारी नागरिक सुफ मलालाका अल हरामी पनि सम्पर्क बिहिन भएको पिडित कामदारहरुले बताएका छन् । कम्पनीका संचालक र अध्यक्ष नै पारिश्रमिक नदिएर फरार भएपछी अलपत्र परेका कामदारहरुलाई अहिले खानको ब्यबस्था भारतीय दूतावास, लुलु हाइपरमार्केट, लमजुङ सेवा समाज, गोरखा सेवा समाजलगायतका सस्थाहरुले गरिरहेको कान्तिपुर दैनिकले खबर छापेको छ ।

अशोज १९, २०७५ मा प्रकाशित