गौतमबुद्ध विमानस्थल रनवेको कालोपत्र सुरु

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग (रनवे) को कालोपत्रे मंगलबार देखि सुरु भएको छ । उक्त कालोपत्रेको उद्घाटन नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले बेल्चा लगाएर गरेका थिए ।

विमानस्थलमा रहेको तिन किलोमिटर रनवेको सवबेस लेयर र बेस लेयर पुरा गरेर अहिले आयोजनाले कालोपत्रेको काम सुरु गरेको हो । उक्त विमानस्थलको कालोपत्र गर्नको लागि ४ वटा मेसिनरी गाडि सहित करिव ८० जना मजदुरहरु फिल्डमा खटेको मिर्माण पक्षले जानकारी दिएको छ ।

विमानस्थल ६ महिना भित्र संचालनमा ल्याउने गरि काम सुरु गरेको आयोजनाले बताएको छ । उक्त धावनमार्गको कालोपत्रको उद्घाटन गर्न पुगेका उद्यानमन्त्री रबिन्द्र अधिकारीले ६ महिना भित्र नै विमानस्थल निर्माण कार्य सम्पन्न गरि अन्तराष्ट्रिय उडान सुरु गरिने बताएको छन् ।

एसियाली विकाश बैंक (एडीबी) को ६ अर्ब २२ करोड ५१ लाख अनुदानमा विमान स्थल निर्माण गरिएको हो ।

कात्तिक १५, २०७५ मा प्रकाशित