चर्को बिरोध भएपछी वामदेवले लिए उमेदवार नबन्ने निर्णय

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आफ्नो उमेदवारीको बिषयलाई लिएर चर्को विरोध भएपछी अन्ततः उमेदारी नदिने निर्णय गरेका छन् ।

२०७४ को मङ्सिरमा भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनमा पराजित भएका नेतालाई सांसद बनाउने बाटो खुलाउन नेकपाले काठमाण्डौ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजिनामा गराएर उक्त क्षेत्रको उपनिर्वाचनमा गौतमलाई उमेदवारी बनाउने तयारी गरेको थियो ।

गौतमलाई नै सांसद बनाउनको लागि रामवीर मानन्धरले गत २३ गते मंगलबार आफुले सांसद पदबाट राजिनामा दिएको घोषणा गरेको थिए । उनले राजीनामा दिएसंगै पार्टी भित्र वा वाहिर चर्को आलोचना भईरहेको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि सांसद पदबाट राजिनामा दिएर जनमतको अपमान गरेको भन्दै मानन्धरको चर्को विरोध भईरहेको छ भने कतिपयले मानन्धरले पैसामा सांसद पद बेचेको समेत आरोप लाएका छन् ।

मानन्धरलाई राजिनामा गर्न लगाएर वामदेव लाई सांसद बनाउने निर्णय प्रति पार्टी भित्र नै चर्को विवाद भएको छ । पार्टीभित्रका महासचिव बिष्णु पौडेल, नेता भिम रावल, इश्वर पोखरेल, देवेन्द्र पौडेल लगाएतका नेताले वामदेवलाई उमेदवार बनाउने निर्णय प्रति खुलेरै बिरोध गर्दै आएका छन् । पार्टीबाटै नै चर्को बिरोध भएपछी अन्ततः गौतम पछाडी हटेका छन् ।

गौतमले विहीबार स्थाई नेताहरु आफु तत्कालको लागि सांसद बन्ने योजनाबाट पछी हटेको संदेश पठाएको स्रोतले बताएको छ ।

अशोज २६, २०७५ मा प्रकाशित