चुनाबी र्यालीमा आक्रमण हुदा २२ जनाको मृत्यु

एजेन्सी- अफगानिस्तानको ताखार प्रान्तमा एक चुनाबी र्यालीमा बम आक्रमण हुँदा २२ जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमले जानकारी दिएका छन् । शनिबार ताखार प्रान्तमा भएको चुनाबी र्यालीमा बम आक्रमण भएको थियो ।

अफगानिस्तानमा यहि अक्टोबर २० तारिख का दिन संसदीय र प्रान्तीय निर्बाचन हुन गैरहेको छ । यहि चुनाबलाई लक्षित गरि उक्त चुनाबी र्याली आयोजना गरिएको थियो । उक्त र्यालीलाई महिला उमेदवार नजिफा युसोफी ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

महिला उमेदवार नजिफले सम्बोधन गर्नु भन्दा केहि अगाडी बम विस्फोटन गरिएको बताइएको छ । उक्त आक्रमणमा परि ३६ जना भन्दा बढि घाइते भएका छन् । आक्रमणमा परि घाइते भएकाहरुको काबुल स्थित उपचार भईरहेको अफगानिस्तानी संचार माध्यमले जानकारी दिएका छन् ।

अशोज २८, २०७५ मा प्रकाशित