डा.गोबिन्द केसी ले मागे शिक्षा मन्त्रीको राजिनामा

त्रि.बि शिक्षण अस्पतालका बरिस्ठ चिकित्सक डा. गोबिन्द केसीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । उनले शुक्रबार महाराजगंजको शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी शिक्षा मन्त्रि पोखरेलकाे राजिनामा माग गरेका हुन् ।

केसीले पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीसँग गरिएको सम्झौता अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन मन्त्रीबाट नै अबरोध भएको भन्दै राजिनामा माग गरिएको बताएका छन् । उनले भने ” विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित गराउन अवरोध भयो त्यसैले अब मन्त्रि पदमा रहिरहन शोभनीय हुदैन ”

केसीले सरकारले आफूहरुसँग गरिएको सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित नभए आफु झन् सशक्त रुपमा १६ औ सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारले गोबिन्द केसी संग चिकित्सा विधेयकमा ९ बुँदे सहमति गर्दै चिकित्सा विधेयक निर्माण गर्दा केसीको सबै सुझाव समेट्ने सम्झौता गरेको थियो ।