दाङ्गमा बिजाैरी साना किसानकाे तेस्रो साधारणसभा सम्पन्न

कपिल लामिछाने
दाङ्ग- दाङ्गमा बिजाैरी साना किसान कृषि सहकारी संस्थाकाे तेस्रो साधारणसभा बिहिवार हेमन्तापुरकाे सामुदायिक हलमा सम्पन्न भएको छ । गरिबी न्युनिकरण गर्न लघुबित्तकाे माध्यमद्धारा शेयर बचत संकलन गरि पुन सदस्यकाे अार्थिक क्रियाकलापमा प्रत्येक्ष संलग्न भई सदस्यहरुलाई सेवा प्रदान गर्ने संस्थाकाे लक्ष्य रहेछ छ ।

साधारणसभाबाट संस्थाले अागामी दिनहरुमा संस्थालाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन विभिन्न ठाउँहरुमा समूह बिस्तार गर्ने भएको छ । जसअनुसार दुधरासका लागि बिजुला परियार, संक्रामका लागि बिष्णु चलाउने, मनिकापुरका लागि ज्वाला पाैडेल, धनखन्नेका लागि सीता बि.क, हेमन्तापुरका लागि चित्रा धिताल, हाडिमेका लागि सारदा केसि खाेलिगाँउका लागि राेमा चाैधरी, गाेठीखाेलाका लागि मैसरी चन्द र भित्री स्यालापानीका लागि साबित्रा सुनारलाई जिम्मा दिएकाे छ ।

संस्थाले अागामी दिनमा रसायनिक मल तथा बीउ विजन बिक्रि बितरण गर्ने समेत लक्ष्य राखेको छ । यसैबर्ष देखि पशु संरक्षण कार्यक्रम अन्तर्गत पशु बिमा कार्यक्रम सञ्चालन गर्ने संस्थाको तयारी रहेको छ । साथै संस्थाले विभिन्न किसिमका तालिमहरुका लागि १ लाख ५० हजार रुपैयाँ छुट्टाएकाे छ । अा.व. ०७४/०७५ मा विभिन्न शिर्षकमा कुल २० लाख ७ हजार ३ सय खर्च भएको संस्थाकाे बचत पुजि २८ लाख ६५ हजार रहेको अध्यक्षकाे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि घनश्याम पाण्डेले कृषि सहकारीहरुले गर्दा दाङ्ग अहिले नेपालकै नमुना गर्न लायक ठाउँ बनेकाे भन्दै देश निर्माणका लागि सहकारीकाे महत्त्व रहेकाे कुरा उल्लेख गरे, साेहि कार्यक्रममा रेडियो नेपालीका गाेकर्ण रेग्मी, कालिका महिला समुहकि सीता वली, प्रतीक कृषि सहकारीका डिल्ली पुन, लगाएतले सहकारीले अहिले अाम नेपालीलाई अात्मनिर्भर बनाएकाे र सहकारीका माध्यमबाट देशकाे चाैतर्फी बिकास हुने कुरामा जाेड दिएका थिए ।

उक्त सभामा काेषाध्यक्षले अार्थिक प्रतिबेदन र अध्यक्षले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । बिजाैरी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष चित्रा धितालकाे अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख अातित्थता एवम् रेडियो नेपालका दाङ्ग प्रमुख गाेकर्ण रेग्मीकाे बिशिस्ट अातिथ्यतामा भएको कार्यक्रम संस्थाकि सदस्य ज्वाला पाैडेलकाे स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमकाे सञ्चालन संस्थाकि सचिव दुर्गा मल्लले गरेकि थिईन ।

अशोज २६, २०७५ मा प्रकाशित