नुवाकोटको फेदीखोलामा बस दुर्घटना, २ को मृत्यु ३५ घाइते

नुवाकोट- नुवाकोटको फेदीखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटना परि ३५ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ । घाइतेहरुमध्ये ९ जनाको अवस्था एकदमै गम्बिर रहेको प्रहरीले बताएको छ ।

नुवाकोटको मसेरी बाट सदरमुकाम विदुर तर्फ गईरहेको बा.ख ६३५६ नम्बर बस आज बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि मृत्यु हुनेको अझै सनाखद हुन सकेको छैन ।

घाइतेहरुको उद्धार गरि उपचारका लागि विदुर अस्पतालमा लागिएको प्रहरीले बताएको छ । बसमा कति जना यात्रुहरु सवार रहेका थिए भन्ने पुरा विवरण नआएपनि करिब ५० जना भन्दा बढी यात्रुहरु सवार रहेको अनुमान गरिएको छ ।

बस गणेशस्थानको छेरी खोलामा आइपुग्दा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

अशोज २६, २०७५ मा प्रकाशित