नेपालको अफगानिस्तान बिरुद्द १३-१ को शानदार जित

भारतमा जारी ४६ औ एसियन यु १८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तान बिरुद्द १३-१ को शानदार जित निकालेको छ । भारतकाे आग्राम राज्यमा बुधबार भएको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३ गाेल हान्न सफल भएको थियो ।

नेपाललाई जित दिलाउन भन्दा धेरै गोल दिनेश हेन्जनले गरे । उनले उक्त खेलमा ४ गोल गर्न सफल भएका थिए त्यस्तै नेपालको पक्षमा जित दिलाउन खेलमा रीतिक खड्काले २ गोल,नितिन थापाले १ गोल, जय गुरुङ १ गोल त्यस्तै अशिम गुरुङ र अनिल महर्जनले पनि एक एक गोल गरेर नेपाललाई जित दिलाएका थिए ।

समूह चरणको दुई खेलमा पराजित भएको नेपाल अन्त्यत सेमिफाइनलमा पुग्न सकेन । अब पाँचौँ स्थानका लागि नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ ।