पप्पुका मालिक रौनियारलाई निलम्बन नगर्न फोरमको माग

भ्रस्टाचार गरेको अभियोगमा सांसद पदबाट निलम्बित भएका पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारलाई पदबाट निलम्बन नगर्न फोरमले माग गरेको छ । फोरमले रौनियारलाई सुनुयोजित ढंगबाट फसाइएको बन्दै लगाइएको सबै आरोप झुट भएको बताएको छ ।

मंगलबार प्रदेश २ फोरमका मुख्य सचिव शम्वु यादवले प्रेस विज्ञप्ति जारि गर्दै रौनियारको मुद्दा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । यादबले प्रेस बिज्ञप्ति मार्फत ठेक्का भट्टामा ठेगेदाराले नै भ्रस्टाचार र आर्थिक हिनामिना गरेको बताएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको पाएपछि पप्पु कन्ट्रक्सनका अध्यक्ष सहित १२ जना विरुद्ध असोज १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रौनियार संघीय समाजवादी फोरमका पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका प्रतिनिधिसभा सांसद हुन् ।

अशोज २३, २०७५ मा प्रकाशित