प्रदेश ३ का मन्त्रि केशब स्थापित मन्त्रिपदबाट बर्खास्त

काठमाडौं: प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा बिकास मन्त्रि केशब स्थापितलाई मन्त्रिपद बाट बर्खास्त गरिएको छ । उनलाई प्रदेश नम्बर ३ का मुख्य मन्त्रि डोरमणि पौडेलले बर्खास्त गरेका हुन् ।

मन्त्रि स्थापितको काम गर्न्र गति सुस्त भएको र कार्यशैली ठिक नभएको भन्दै संविधानको १६९ को उपधारा २ को खण्ड ख अनुसार बर्खास्त गरिएको प्रदेश सरकारले बताएको छ ।

बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो । मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गलोज गरेको भन्दै बर्खास्त गरेको जनाएको छ ।

केहि समय अघि मन्त्रि स्थापित माथि काठमाण्डौ महानगरपालिकाको मेयर पदमा हुदा खेरि महानगरपालिका कि एक कर्मचारीमाथि यौन दुर्ब्यबहार गरेको आरोप समेत लागेको थियो ।

कात्तिक १६, २०७५ मा प्रकाशित