प्रधानमन्त्री ओलीले थाले अस्पतालबाटै काम शुरु

काठमान्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै काम सुचारु गरेका छन् । शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री ओलीले रक्षा,गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेका हुन् ।

छातीमा संक्रमण देखिएपछि केहि दिन अघि देखि ओली अस्पतालमा भर्ना भएका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा.अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात जानकारी दिएका छन् ।

अस्पतालका निर्देशक प्रा डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएदेखि अहिले सम्म क्रमिक रुपमा प्रधामन्त्रीको स्वास्थ्य अबस्था सुधार भैरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री मन्त्रीले अस्पताल बाटै नेपालि जनतालाई सम्बोधन गरेर आफु चाडै सन्चो भएर समृद् नेपालको सपना साकार पार्न आफु सक्रिय भएर लाग्ने बताएका छन् ।

कात्तिक १४, २०७५ मा प्रकाशित