फर्कला कोईरालामा काँग्रेस विरासत ?

गिरिजाप्रसाद कोइरालाको देहवसानपछि अलि बढी नै विचलन आएको नेपाली काँग्रेस पाटीमा पार्टीको १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वमा आएपछि झन् व्यापक विचलन देखियो । गुट उपगुट त गिरिजाको पालामा पनि नभएको होइन उनकै नेतृत्वमा पार्टी छँदानै वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेसको अर्को पार्टी पनि जन्मिएको थियो । पछि कोइरालाकै पालामा पुनः एक भएको थियो नेपाली काँग्रेस । महाधिवेशन भएको आधासमय वितिसक्दा पनि पार्टीका समितिहरूलाई पूर्णता नदिएको र पार्टीलाई एकल निर्णयमा डोर्‍याएको भन्दै पार्टीभित्र देउवाको चर्को बिरोध हुँदै आइरहेको छ । झन् गत वर्ष आप्mनै नेतृत्वको सरकार हुँदा भएको तीन तहको निर्वाचनमा काँग्रेसको लज्जास्पद हारपछि त देउवामाथि अरिङ्गालको गोलो खनिएजस्तै भयो पार्टीभित्र । भारतीय नाकाबन्दीका बेलामा पनि पार्टीेले एउटा अडान लिन सकेको थिएन । त्यस कुराले पनि काँग्रेसभित्र निकै विवाद सृजना गरेको थियो । यद्यपी त्यतिबेला पार्टी नेतृत्वमा सुशील कोइराला थिए । निर्वाचनपछि त पार्टी नेतृत्व परिवर्तनको कुरा पनि चर्कैसँग उठेको थियो तर महासमिति बैठक बोलाउने बिन्दुमा गएर सहमति भएसँगै त्यो विवाद मत्थर भएको छ र मंसीरमा महासमिति बैठक बस्ने मिति पनि तोकिएको छ ।

पार्टी महाधिवेशन हुन लगभग डेढ वर्ष बाँकी छ तर काँग्रेसभित्र महाधिवेशनको आन्तरिक सरगर्मी बढ्न थालिसकेको छ । १३ औँ महाधिवेशनमा तीन गुटमा देखिएको काँग्रेस यतिबेला कति गुटमा छ भन्ने नै यकिन छैन । उक्त महाधिबेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापतिमा उमेद्वारी दिएका थिए । पहिलो चरणमा परिणाम नआएपछि सिटौलाले देउवालाई सहयोग गरेसँगै देउवा सभापतिमा निर्वाचित भएका थिए । देउवा सभापतिमा चुनिएसँगै काँग्रेसको विरासत लामो समयपछि कोइराला परिवारबाट बाहिर आएको थियो । नेपाली काँग्रेस स्थापनाको करिब सात दशकसम्ममा अधिकांश समय यसको नेतृत्व कोइराला परिवरकै हातमा थियो । यद्यपी यही बीचमा सुवर्ण समशेर र कृष्णप्रसाद भट्टराईको हातमा पनि यसको नेतृत्व नपुगेको भने होइन । वि.सं. २०३४ सालपछि करिब १५ वर्ष कार्यबाहक सभापतिका हैसियतमा कृष्णप्रसाद भट्टराईले तत्कालीन काँग्रेसलाई नेतृत्व प्रदान गरे भने २०४८ सालमा भएको पार्टीको आठौँ महाधिवेशनबाट उनी पाँच वर्षे कार्यकालका लागि निर्वाचित सभावतिमा चुनिए । त्यस भन्दा अगाडि वि.सं. २०१२ सालमा पनि केही समय काँग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर पुगेको थियो । तत्कालीन अवस्थामा करिब १६ महिना सुवर्ण शमसेरले काँग्रेसलाई डो¥याएका थिए । यसरी तुलना गर्दा पनि सात दसशकको समयमा करिब पाँच दसक त कोइरालाले नै काँग्रेसलाई नेतृत्व प्रदान गरेको देखिन्छ ।

काँग्रेसभित्रको अबको लडाइँ कसको कोसँग भन्ने कुराको सवाल यतिबेला जन्मिएको छ । अघिल्लो पुस्ता जिवीत रहुन्जेल खासै राजनीतिको अग्रपंक्तिमा नदेखिएका कोइराला परिवारका दोस्रो पुस्ता यतिबेला बिस्तारै राजनीतिको अग्रपंक्तिमा देखा पर्न थालेका छन् । गरिजाप्रसाद कोइरालाका पालादेखि सुरु भएको देउवा भर्सेस कोइरालाको खेल सुशील कोइरालाको पालासम्म पनि कायम रह्यो । त्यतिबेला पार्टीभित्रको भागबन्डा मिलाउन कोइराला र देउवाको भागमा क्रमशः ६०÷४० को आधारमा पद विभाजन हुने गरेको थियो । अहिले यही क्रम शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा लागु हुँदै आएको छ । फरक यत्ति हो कोइरालाको नेतृत्व छउन्जेल देउवा कमजोर थिए र उनको भागमा ४० प्रतिसत मात्रै पथ्र्यो भने अहिले कोइरालाको ठाउँमा देउवा उक्लन सफल भए र देउवाको ठाउँमा पौडेल पुगेका छन् अझ भनुँ देउवा ६० को हिस्सा पाउने स्थानमा छन् भने पौडेल ४० हिस्सा पाउने स्थानमा छन् ।

पार्टीभित्र चर्को आलोचना खेप्दै आएका सभापति देउवा आगामी महाधिवशेनमा पनि सभापतिकै लागि उमेद्वारी दिने सुरमा छन् । त्यस कुराको उद्घोष उनले केही समय पहिले नै गरिसकेका छन् । देउवा चार÷चार पटक प्रधानमन्त्री र एक पटक पार्टी अध्यक्ष समेत भइसकेको हुनाले अब आफूले पार्टीको नेतृत्व गर्न पाउनुपर्ने अडानमा पौडेल छन् । तर अहिलेको अवस्था हेर्दा आगामी महाािधवेशनका लागि काँग्रेसमा देउवा भर्सेस पौडेल मात्रै होला जस्तो देखिँदैन । नेतृत्व लिन कोइराला परिवारबाट दुई नेता (शेखर र शशांक) मध्ये एक अगाडि सर्ने लगभग निश्चित भएको छ । यदि यी दुई कोइरालाले आगामी महाधिवेशनमा अरूको वास्ता नगरी आफ्नै सुरले नेतृत्वका लागि उमेद्वारी दिए भने पौडेलले के गर्लान् ? केहीसमय अघिसम्मको अवस्थालाई हेर्दा देउवा एकातिर र पौडेल कोइराला अर्कोतिर देखिएको थियो तर पछिला दिनमा पौडेल र कोइरालाकै बीचमा पनि भिडन्त हुने पो होकी भनेजस्तो अवस्था आएको छ । निर्वाचन पछि देउवाप्रति आक्रामक बनेका पौडेल देउवाको आगामी महाधिवेशनमा सभापतिका लागि सघाउने आश्वासनसँगै उनीप्रति नरम देखिएका छन् तर यो देउवाको पौडेल फकाउ नीति मात्रै हो । किनकी १४ धौँ महाधिवेशनमा उनी स्वयं उमेद्वारी दिने दाउमा छन् । देउवा, पौडेल र कोइराला परिवार भन्दा बाहेकका लामो समयदेखि पार्टीमा त्याग र बलिदान गरेका नेताहरू पनि नेतृत्वका लागि दाबेदार नभएको होइनन् । पौडेलसँगै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला पनि पार्टी नेतृत्वका लागि अगाडी आउन सक्ने सम्भाबना छँदै छ । यति हुँदाहुँदै पनि १३ औँ महाधिवेशनमा ३ जना व्यक्ति सभापतिमा भिड्दा जुन नतिजा देखियो त्यसबाट पाठ सिकेर आगामी महाधिवेशनमा त्यस्तो प्रकृया दोहो¥याउन हुँदैन भन्ने पनि उनीहरूलाई चेतना भएको हुनुपर्छ ।

आगामी १४ औँ महाधिवेशनका लागि नेपाली काँग्रेसले सकेसम्म सहमतिमा नेतृत्व चयन गरेर पार्टी एकीकृत भएको सन्देश दिन सक्नुपर्छ होइन भने देउवालाई एकातिर छोडेर पौडेल र कोइराला समूहका बीचमा मतैक्यता बनाएर अगाडी बढ्नु पर्ने देखिन्छ । अहिलेकै जस्तो अवस्थामा महाधिवेशनमा गएर नेतृत्वका लागि लडाइँ लड्यो भने १३ औँ महाधिवेशनको जस्तै एकैपटकमा नेपाली काँग्रेसले नेतृत्व पाउने त छैन नै यसबाट पार्टीमा अझै गुट उपगुट प्रशस्तै रहेको छ भन्ने कुरा पनि बुझिन्छ । त्यसै पनि लथालिङ्ग हुँदै गएको नेपाली काँग्रेस यतिबेला एमाले र माओवादी केन्द्रको पार्टी एकता पछि झनै अत्तालिएको छ । चुनावी परिणामले आफूलाई निकै कमजोर साबित गराउँदा पनि नेतृत्वले बाम गठबन्धनलाई मात्रै पार्टीले हार्नुको मुख्य कारण देखिरह्यो । आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउँदा पनि आफ्नै पार्टीको हार हुनुको कारण के हो भनेर उसले छानबिन गर्नै चाहेन ।

यसरी एकातिर पार्टी कमजोर बन्दै गएको र अर्कातर्फ दुई ठूला पार्टीबीच भएको एकताले गर्दा आगामी काँग्रेसलाई सुरक्षित तरिकाले अवतरण गर्ने गरी नेतृत्व चयन गर्नेतर्फ ध्यान दिनु नै उसका लागि फाइदाजनक हुन्छ । आगामी महाधिवेशनलाई काँग्रेसले भागबन्डाको रूपमा मात्रै हेर्न थाल्यो भने ओरालो लागेको काँग्रेस फेरी उकालो यात्रामा फर्कन सक्ने छैन । उमेरका आधारमा नहेरी राजनीतिका आधारमा पुस्ता हेर्ने हो भने काँग्रेसमा अब पहिलो पुस्ता लगभग सकिएको छ । पहिलो पुस्तामा पर्ने देउवा र पौडेल नै हुन् ।

देउवाको कार्यकालमानै काँग्रेसमा भद्रगोल भएकाले र गत वर्षको निर्वाचनपछि पार्टीभित्रै उठेको नेतृत्व परिवर्तनको कुराले गर्दा पार्टीले पुनः देउवालाई नै नेतृत्वमा पु¥याउला भनेर आशा गर्ने ठाउँ देखिँदैन । पौडेल पनि पार्टीभित्र त्यति सबल नभएको हुनाले काँग्रेसको अबको नेतृत्व पुनः कोइराला परिवारमा फर्काउनुपर्छ भन्नेहरूको आवाज पनि नेपाली काँग्रेसभित्र सुनिन थालेको छ । काँग्रेसका संस्थापक नेता विपी पुत्र शशांक आफ्ना पिताको नाम बिकाएर राजनीतिमा टिक्दै आइरहेका छन् भने कृष्णप्रसाद कोइरालाको पुत्र शेखर चाहिँ शशांकको तुलनामा अलि बढी आफ्नै परिश्रमले राजनीतिक यात्रामा अनवरत नै छन् । यी दुई दाजुभाइको तुलनामा अलि बढी नै सक्रिय राजनीतिमा लाग्दै आएकी गिरिजापुत्री सुजता भने यतिबेला स्वास्थ्यका कारण राजनीतिबाट अलिकति पन्छन खोजेकी जस्तो देखिन्छ । त्यसैले गर्दा यदि काँग्रेसको अबको नेतृत्व कोइराला परिवारमा पर्कने भयो भने शेखर वा शशांकमध्ये कुनै एकको हातमा पुग्ने छ । तर त्यसको लागि पार्टीभित्र देउवा इतरका सम्पूण शक्तिहरू एकै ठाउँमा उभिन जरुरी देखिन्छ तथापी पौडेलले अझै पनि एकपटक आफू सभापतिको मैदानमा उत्रने अडान नछोडेकाले आगामी महाधिवेनबाट नै नेपाली काँग्रेसको विरासत कोइराला परिवारमा फर्कला भन्ने विश्वसनीय आधार तय भइसकेको अवस्था भने देखिँदैन ।

लेखक
सुजन देवकोटा