बंगबन्धुकपमा आज नेपाल र ताजकिस्तान भिड्दै

अशोज १६, २०७५ मा प्रकाशित

बंगबन्धु गोल्डकप फुटबलको ५ औ सस्करण आज देखि बंगलादेशमा सुरु हुदैछ । बंगलादेशी फुटबल संघको आयोजनामा हुने बंगबन्धु गोल्डकपमा आज नेपाल र ताजकिस्तान भिड्दै छन् । सावित बिजेता नेपालीले आज आफ्नो पहिलो खेल ताजकिस्तान संग भिड्न लागेको हो ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । आज नेपाल संग प्रतिस्पर्धा गर्न गैरहेको ताजकिस्तान बंगबन्धु गोल्डकपमा पहिलोपल्ट सहभागी भएको टीम हो । यस अघि नेपालले ताजकिस्तान संग दुईपटक खेल खेलिसकेको छ ।

सन् २०१७ को सेप्टेम्बरमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो भने अर्को ‘अवे’ खेल पनि नेपाल ३–० ले ले पराजित भएको थियो । यस कारण पनि आज नेपालका लागि निकै चुनौती पूर्ण हुनेछ । खेल बंगलादेश नेपाली समय अनुसार आज साँज पौने ७ बजे देखि सुरु हुने छ ।