बंगलादेशमा पूर्व गृहमन्त्रि सहित १९ जनालाई मृत्युदण्ड

एजेन्सी- बंगलादेशको एक अदालतले पूर्व गृह राज्यमन्त्रि र शिक्षा राज्यमन्त्री सहित १९ जनालाई मृत्युदण्ड सुनाएको छ । सन् २००४ को चुनाबी र्यालीमा भएको ग्रिनेड आक्रमणमा दोषी प्रमाणित भएका १९ जनालाई अदालतले मृत्यु दण्ड सुनाएको हो ।

अदालतले उक्त ग्रिनेड आक्रमणमा दोषी ठहरिएका पुर्व प्रधानमन्त्री वेगम खालिदा जियाका छोरा सहित अन्य १९ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मृत्यु दण्ड पाउनेमा पूर्व गृह राज्यमन्त्री लुत्फोजमान बाबर तथा पूर्व शिक्षा राज्यमन्त्री अब्दुस सलाम पिन्टु रहेको अदालतले जानकारी दिएको छ ।

सन् २००४ मा बंगलादेशको राजधानी ढाकामा अवामी लिगको चुनाबी र्यालीमा ग्रीनेड आक्रमण हुदा वर्तमान प्रधानमन्त्री तथा अवामी लिगकी नेतृ शेख हसिना बाजेद घाइते भएकी थिइन् भने अन्य २४ जनाको सोहि आक्रमणमा परी मृत्यु भएको थियो । उक्त ग्रिनेड बिस्फोट र्यालीलाई आवामी लिगकी नेतृ शेख हसिनाले सम्बोधन गरिरहेकी थिईन । विस्फोटनमा उनको कानमा गम्भीर चोट लागेको थियो भने पूर्व रास्ट्रपतिकि पत्नीको सोहि आक्रमणमा परी मृत्यु भएको थियो ।

अदालतले फैसला सुनाएपछी फैसलाको बिरोध र स्वागत भईरहेको छ । कतिले यसलाई न्यायोचित भएको बताएका छन् भने कतिपय विपक्ष पाटीका नेताहरुले आगामी डिसेम्बरमा हुने निर्बाचनमा जनतालाई प्रभावित पार्ने खेल भएको आरोप लगाएका छन् ।

अशोज २५, २०७५ मा प्रकाशित