बामदेबलाई सांसद बनाउन राज्यको ११ करोड खर्च

काठमाडौं- गएको निर्वाचनमा बर्दिया क्षेत्र नम्वर ४ बाट पराजित भएका नेकपा का नेता वामदेव गौतमलाई सांसद बनाउन राज्यकोषको ११ करोड खर्च हुने देखिको छ । पछिल्लो निर्बाचनमा एक निर्बाचन क्षेत्रबाट निर्बाचन आयोग र गृह मन्त्रालयको सुरक्षा खर्च गरेर करिव एक निर्बाचन क्षेत्रमा ११ करोड भन्दा बढी रकम खर्च भएको थियो । वामदेवलाई सांसद बनाउनको लागि गरिने उपनिर्वाचनमा पनि करोडौं भन्दा बढी खर्च हुने देखिएको छ ।

काठमाडौँ क्षेत्र नम्बर ७ मा अघिल्लो निर्वाचनमा रेकर्ड अनुसार ५७ हजार ५ सय ५८ मतदाता संख्या रहेको छ । गएको निर्वाचनमा एक निर्वाचित क्षेत्रमा करिव ५ सय भन्दा बढी रकम खर्च भएको थियो यही तथ्यांक अनुसार मूल्यांकन गर्ने हो भने उपनिर्वाचनमा करिव ३ करोडको हाराहारीमा राज्यकोषबाट खर्च हुनेछ ।

बामदेबकै लागि जनताको जनमत बाट निर्वाचित भएका काठमाडौं ७ का सांसद रामबिर मानन्धरले सांसदबाट राजिनामा दिएपछि कसैको व्यक्तिगत स्वार्थका लागि सांसद पद त्यागेर जनताको जनमतको अपमुल्यन गरेको भन्दै उनको चर्को बिरोध भैरहेको छ । राजनीतिक विश्लेषकहरुले मानन्धरको राजीनामालाई अतिबादको पराकास्ट भएको बताएका छन् ।

अशोज २४, २०७५ मा प्रकाशित