बिकास निर्माणको काम समयमै सक्न प्रचन्डको निर्देशन

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिकास निर्माणको काम समयमै सक्न प्रचन्डको निर्देशन दिएका छन् ।

बिकाश निर्माणको काममा राजनीति गर्न नहुने भन्दै प्रचन्डले बुद्धको जन्मस्थल हुनुको नाताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व रहेकोले समयमै काम सम्पन्न गर्नुपर्ने जोड दिए प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको काम गुणस्तरीय हुनुपर्ने बताए ।

बुटवल हुने नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन भैरहवा आएका प्रचण्ड निरीक्षणको लागि निर्माणाधीन गौतम बुद्द विमानस्थल पुगेका हुन् । निरीक्षणका क्रममा उहाँले गौरवका आयोजना समयमै सम्पन्न नहुने, सम्पन भएका आयोजना पनि गुणस्तरीय नहुने हुदाँ समस्या निम्तिएको बताए ।

कात्तिक १७, २०७५ मा प्रकाशित