भारतलाई हराउदै नेपालको सानदार जित

साफ यू-१८ महिला च्याम्पीयनसिप सेमिफाइनल खेलमा नेपाली टीमले भारतको सामु सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । भुटानको रंगशालामा भईरहेको साफ यू-१८ महिला खेलमा नेपालीले उत्कृष्ट प्रदर्शन गरेको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा समेत १-१ गोलमै बराबर भएपछी पेनाल्टीसुटआउट भएको थियो । नेपाललाई जित दिलाउन रेखा पौडेल,अन्जान राना मगर १-१ गोल गरेका थिए ३ पेनाल्टीसुटआउट भएको उक्त खेलमा नेपालले प्रहार गरेको एक गोल भने पोस्टमाथिबाट गएको थियो ।

नेपाललाई जित दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका गोल रक्षक अन्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरेकि थिईन । उनले भारतीय खेलाडीले प्रहार गरेको २ गोल बचाएकी थिईन भने एक प्रहार पोस्टमाथि बाट गएको थियो । फाइनलमा पुगेको नेपाली टोलिले अब उपाधिका लागि आइतबार बंगलादेश र भुटान बीचको बिजेता सँग प्रतिस्पर्धा गर्दैछ ।

अशोज १९, २०७५ मा प्रकाशित