मोरङमा १ बालिका माथि सामुहिक बलात्कार

मोरङ- मोरङमा एक बालिका माथि सामुहिक बलात्कार भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ बर्षीय बालिका बलात्कार भएको प्रहरीले बताएको छ । बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पथरीशनिश्चरे १ का २३ बर्सिय मनोज राई र पथरीशनि श्ररे ९ का २२ बर्षीय मनोजकुमार माझीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरुले साथीको जन्मदिनमा आएकी बालिकालाई मदिरा खुवाई बेहोस बनाएर जङ्गलमा लगी रातभरी बलात्कार गरेको खुलेको छ । बलात्कार पछी बेहोस भएकी उक्त बालिकाको विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान मा उपचार भईरहेको पिडित बालिकाका आफन्तले बताएका छन् ।

प्रहरीले उक्त घटनामा सहयोग गरेका आशंकामा बलाक्तृत बालिकाको साथिलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । साथीले बलात्कृत बालिकालाई आफ्नो जन्मदिन मनाउन भनी आफ्नो घर लागेकी थिईन । उनको सहयोगमा नै बालिका बलात्कृत भएको प्रहरीले दाबि गरेको छ ।

पक्राउ परेका अभियुक्तहरु बिरुद्द जबर्जस्ती करणी ऐन अन्तर्गत मुद्दा दर्ता गर्न तयारी भईरहेको प्रहरीले बताएको छ ।

अशोज २६, २०७५ मा प्रकाशित