युएईमा नेपाली महिलाले गरिन आफ्नै साथीको हत्या

युएईमा नेपाली महिलाले आफ्नै नेपालि साथीको हत्या गरेकी छिन् । युएईको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत सबिना तामाङले मदिरा सेबन गरेर काठमाडौं घर भएकी सोहि कम्पनीमा कार्यरत सिर्जना बराललाई हत्या गरेको युएई प्रहरीले बताएको छ ।

मदिरा सेबन गरेर बिदामा बसेकी तामाङले आपसी बिबाद हुदा एक्लै ले तिन जनामाथि चक्कु प्रहार गरेकी थिइन् । उक्त चुक्कु प्रहारबाट सर्लाहीकी ममता चौधरी, सलिना मगर र आशा दर्जी समेत घाइते भएको बताइएको छ ।

घाइते भएका उनीहरुको शारहजास्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ । घाइते सलिना र आशाको अबस्था सामान्य भएपनि ममताको अबस्था भने गम्भिर रहेको बताइएको छ । हत्या गर्ने तामाङलाई युएई प्रहरीले प्रकाउ गरेको छ ।

कात्तिक १३, २०७५ मा प्रकाशित