रामबिरले ५ करोडमा बामदेबलाई सांसद पद बेचेको खुलासा

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले ५ करोडमा सांसद पद बेचेको खुलामा भएको छ । गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ७ बाट विजय भएका सांसद मानन्धरले आज मात्रै सांसद पदबाट राजीनामा दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई सांसद बनाउनको लागि राजीनामा गरेको बताउने मानन्धरले मोटो रकममा सांसद पद बेचेको खुलामा भएको हो । गएको निर्वाचनमा वर्दिया क्षेत्र नम्बर ४ बाट पराजित भएका वामदेव सांसद बन्नको लागि निकै कसरत गरेको थिए ।

डोल्पा र बाकेका पार्टीका सांसदलाई राजिनामा गराउन पार्टीबाट दवाव समेत दिईएको थियो तर डोल्पा र बाँकेका सांसदहरुले राजिनामा नदिएपछी अन्तत वामदेवले काठमाडौँमा आफ्नो सांसद बन्ने बाटो खुलाएका हुन् । स्रोतका अनुसार वामदेव गौतमलाई सांसद बनाउनको लागि गेजुवा कम्पनीका लोकल एजेन्ट दिपक भट्टले रामवीरलाई ५ करोड रुपयाँ दिएको बताइएको छ ।

मानन्धरले आज मात्रै आफुले राजिनामा दिएको पत्र पार्टी नेतृत्वलाई बुझाएका हुन् उनले राजिनामा दिए संगै पछिल्लो समयमा उनको चर्को विरोध भईरहेको छ ।

स्रोत- रिपोर्टर्स नेपाल