सडक संघर्षमा उत्रने भट्टराईको उद्घोष

सुजन देवकोटा:
काठमाडौ/कत्तिक,१५ पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारका पछिल्लो गतिविधिका बिरुद्ध सडक संघर्षमा उत्रने बताएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको १५ औँ संघीय बैठकको उद्घाटनका क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

देशमा बढ्दै गइरहेको महिला हिंसा, हत्या, बलात्कार जस्ता घटना दिनप्रतिदिन बढ्दै गइरहेको र सरकारले त्यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न नसकेकोले त्यसका बिरुद्ध अब सडकमा ओर्लनुपर्ने अवास्था आएको भट्टराईको भनाइ थियो । अबको संघर्ष सशस्त्र संघर्ष नभई फरक किसिमको हुने र यसमा जनयुद्धको जस्तो हत्या हिंसा पनि नहुने उनले बताए । भूमिगत कालको युद्ध गर्दा जस्ता प्रकारका कठिनाइहरु भेगियो र त्यसलाई दृढताका साथ निश्कर्षमा पुर्याएका थियौँ अबको संघर्ष त्यो भन्दा उन्नत प्रकृतिको हुने उनले बताएका छन् ।

राजनीति नै संघर्ष भएकाले नयाँ शक्ति पार्टीले आफूलाई स्थापित गराउन र जनतालाई आर्थिक विकार र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीति गर्ने बताए । नयाँ शक्तिको देश तथा बिदेशमा राम्रो प्रभाव रहेको भएता पनि स्थानीय स्तरसम्म प्रभावकारी बनाउन नसेको स्वीकार गर्दै भट्टराईले अबका पाँच महिनामा स्पष्ट योजना बनाएर पार्टीको संघठन सम्पूर्ण वडा वडासम्म पु¥याइने बताए । यसैक्रममा भट्टराईले पूराना शक्तिलाई बिस्थापन गरेर मुलुकलाई सही मार्गमा डो¥याउनका लागि पार्टीको बैठकले महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका छन् ।

बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदमा सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गरेका छन् । सरकार लोकतन्त्रको मूल्यमान्यता विपरितका गतिविधिमा संलग्न हरेको दाबी गर्दै त्यस्ता गतिविधिका बिरुद्ध आन्दोलनमा उत्रन कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार सुरु भएको उक्त बैठकले पार्टीको भावी कार्यनीति तयार गर्दै पार्टीले बिगतमा गरेको कामको समीक्षा पनि गर्ने जनाइएको छ । बैठक दुईदिनसम्म चल्ने छ ।