सरकारले गर्यो अश्लिन भिडियो राखे १६ हजार वेबसाइट बन्द

नेपालबाट वेबसाइटको मार्फत अश्लिन भिडियो राख्ने १६ हजार भन्दा बढी वेबसाइट सरकारले बन्द गराएको छ । केहि दिन अघि सुचना तथा संचार मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले यस्ता अश्लिन भिडियो राख्ने साइड बन्द गर्न निर्देशन दिएका थिए । जस अनुरुप नै अश्लिन भिडियो राख्ने नेपालका मुख्य साइडहरूलाई दूरसञ्चार प्राधिकरणले बन्द गरेको हो ।

सामाजिक संजालका मार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वोबसाइटलाई तत्काल रोक्न संचार तथा सुचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशक दिएको थियो । नेपालमा यस्ता अश्लिन भिडियो राख्ने वेबसाइट करिब १ लाखको हाराहारीमा रहेको पाइएको छ ।

अहिले करिब १६ हजार वेबसाइटलाई बन्द गरेपछि बाकि रहेका अरु वेवसाइटलाई पनि अनुसन्धान गरि बिस्तारै बन्द गर्दै जाने प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानाकारी दिएका छन् ।