सरकारले थाल्यो रास्ट्रिय परिचयपत्र छपाई

सरकारले राष्ट्रिय परिचयपत्र छपाइको काम सुरु गरेको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित यो परियोजना अन्तर्गत राष्ट्रिय परिचय पत्र पहिलो चरणमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका अतिविशिष्ट पदाधिकारीलाई राष्ट्रिय परिचपयपत्रको छपाई सुरु गरीएको राष्ट्रिय परिचयपत्र वितरण केन्द्रले जनाएको छ ।

अतिबिशिष्ट व्यक्तिहरुको रास्ट्रियपत्र वितरण पछी सिंहदरवार भित्र कार्यरत ७ हजार निजामती कर्मचारीको रास्ट्रियपत्र वितरण गर्ने केन्द्रको योजना रहेको छ ।

राष्ट्रिय परिचयपत्रका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित सिंहदरबारका १ हजार कर्मचारीको बायोमेट्रिक विवरण संकलन गरिसकेको राष्ट्रिय परिचयपत्र वितरण केन्द्रले जनाएको छ ।

रास्ट्रिय पत्रमा व्यक्तिको नामथर, ठेगाना, जन्ममिति, शैक्षिक योग्यता, पेशा र धर्म सहित बायोमेट्रिकमा १० औलाको छाप, फोटो र डिजिटल हस्ताक्षर रहने केन्द्रले ।

कात्तिक १५, २०७५ मा प्रकाशित