सरकार बिरुद्द आदिवासी जनजातिको आन्दोलनका कार्यक्रम घोषणा

काठमान्डौ: सरकार विरुद्ध पहिचानवादी विभिन्न आदिवासी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । आदिवासी जनजाति बिरुद्ध राज्यले दमन गरेको भन्दै विभिन्न मागहरु राखेर नेवा तामाङ खस जनजागरण अभियान चलाएर मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

मोर्चाले पहिचान र पूर्ण समानुपातिक समबेशिताको आधारमा प्रदेश नम्बर ३ लाई पुन संख्याकरण गरि नेवा स्वायत्त प्रदेश र तामाङसालीङ स्वायत्त प्रदेशको माग गरेका छन् । नेवा सभ्यताको भुमि, भाषा, संस्कृति, लिपि आदिबासी इन्जिनियरिङ ज्ञानलाई अतिक्रमण गरी नेवा हरुलाई नेवा प्रदेश काठमाडौँबाट सम्पूर्ण रुपमा विस्थापित गर्ने राज्यको षड्यन्त्र तुरुन्त बन्द गर्नुपर्ने, खस समुदायलाई आदिबासीमा सुचिकृत गरि खश आर्य समानुपातिक क्लष्टरलाई छुट्याएर खश र आर्य बेग्लाबेग्लाई समानुपातिक क्लष्टर निर्माण गर्नुपर्ने र खशहरुको ऐतिहासिक थातथलो खशान प्रदेश घोषणा गर्नुपर्ने माग राखेको छ ।

कार्यक्रममा उपस्थित बक्ताहरुले टिकापुर घटनाको आरोपमा जेलमा बन्दि बनाइएका निर्दोष थारु नेताहरुलाई तुरुन्त रिहाको माग गर्दै निर्मला पन्त हत्याकाण्डको दोषीहरुलाई अविलम्ब कारबाही गर्नुपर्ने माग राखेका थिए । पछिल्लो समयमा देशमा भ्रस्टाचार, महंगी र बेरोजगारी बढेको भन्दै त्यसलाई तत्काल सामाधान गर्नुपर्ने माग राखेका छन् आदिवासीहरुको माग राज्यले सम्बोधन नगरे कडा रुपमा आन्दोलनमा उत्तीने चेतावनी समेत दिएका छ ।

जनजागरणको अभियान अनुसार कार्तिक १४ गते असन बजार र कालिमाटीमा, १५ गते चावहिल र साखुमा, १६ गते कीर्तिपुर र थानकोटमा, १७ गते लगनखेल र खोकना, कत्तिक १८ गते भक्तपुरमा, १९ गते तोका र बालाजुमा कोणसभा गर्ने मोर्चाले बताएको छ ।

मोर्चामा नेपा: राष्ट्रिय पार्टी, नेवा: राजनीतिका अभियान, नेपाल संस्कृतिक पुनर्जागरण अभियान, नेवा: देय गुठी नेपाल मण्डल, नेवा: जागरण मंच, सेभ नेपा:भ्याली, खशान रास्ट्रीय संघर्ष समिति, आदिवासी जनजाती पार्टी,नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवान मंच लगाएत रहेका छन् ।


फोटो: राजिप तामाङ
कात्तिक १५, २०७५ मा प्रकाशित