सांसद रामवीरलाई दिएको सबै सम्मान फिर्ता, जनमतको अपमान गरेको आरोप

काठमाडौं- नेपाल मानन्धर समाजले काठमाडौँ क्षेत्र नम्बर ७ मा सांसदपदबाट राजिनामा दिएका रामवीर मानन्धरलाई दिएको सबै सम्मान फिर्ता लिने घोषणा गरेको छ । सांसद मानन्धरले व्यक्तिगत स्वार्थका लागि संसदबाट राजिनामा दिएर जनमतको अपमान गरेको भन्दै मानन्धर समाजले दिएको सबै सम्मान फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार बसेको मानन्धर समाजको बैठकले सांसद रामवीरले आफ्नो स्वार्थ पूर्तिको लागि जनतालाई दिएको आशा र भरोसामाथि धोका दिएको ठहर गरेको छ । सांसद मानन्धरले नेकपाका नेता वामदेव गौतमको लागि गत मंगलबार पत्रकार सम्मेलन गरेर सांसद पदबाट राजिनामा गरेको घोषणा गरेको थिए । मानन्धरले सांसद पदबाट राजिनामा गरेसंगै उनको चौतर्फी बिरोध भईरहेको छ ।

उनले दिएको राजिनामा प्रति आफ्नै पार्टीबाट समेत चर्को विरोध हुदा हुने भएको उपनिर्वाचन समेत अनिश्चित भएको छ ।

अशोज २६, २०७५ मा प्रकाशित