तापक्रम क्रमिक रूपमा घट्दै, तराईमा हुस्सु

धनगढी ।
हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भू—भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ। बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ।

पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ। जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ। देशका अधिकांश भू—भागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ।

सम्बन्धित
Loading...