सागर जोशीले आवाज दिएको पहिलो गीत ‘बाडुल्की’ सार्वजनिक

धनगढी ।
सागर जोशीले आवाज दिएको पहिलो गीत बाडुल्की सार्वजनिक भएको छ । मङ्गलवार अपराह्न पाँच बजे रियालिटी नेपाल नामक युट्युब च्यानलबाट भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।
सागरले आवाज दिएर सार्वजनिक भएको यो गीतमा पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन् ।

यस्तै, ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा लिरिक्स हिमान्सु रायमाझी, म्युजिक कृष्ण पाण्डे कृश, म्युजिक अरेन्ज रुबिन मगरको रहेको छ । भने, मिक्सीङ्ग नरेश बिबिसीले गरेका छन् ।

को हुन सागर ?
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा जन्मिएका सागर जोशी उच्च शिक्षा अध्ययनका लागी धनगढी आएका थिए । धनगढीमा बसाइँका क्रममा उनी अध्ययन सँगै मिडिया र सङ्गीत क्षेत्रमा क्रियाशील रहेका थिए ।  भने काठमाण्डौंमा डेन्टिष्ट क्षेत्रमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका जोशीले अहिले बाडुल्की गीत सार्वजनिक गरेका हुन् ।

https://www.youtube.com/watch?v=r4v4boD6vds&t=1s

 

सम्बन्धित
Loading...