Skin_Hospital_Dhn

ब्राजिलको फिफा विश्वकप २०२२ जित्ने सपनामा ब्रेक

धनगढी ।
ब्राजिललाई हराउदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४—२ ले पराजित गरेको हो। अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको थियो ।

ब्राजिल चार वर्षअघि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

सम्बन्धित
Loading...