Skin_Hospital_Dhn

सुदूरपश्चिम महोत्सवमा आज टंक तिमिल्सिना र प्रताप दासको बेजोड प्रस्तुति रहने

धनगढी ।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहेको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको तेस्रो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने भएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा आज शनिबार चर्चित युवा गायक टंक तिमिल्सिना र प्रताप दासको बेजोड सांगितिक प्रस्तुति रहने छ ।

महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार र स्थानीय कलाकारको कलाकारहरुको प्रस्तुति रहने महोत्सव आयोजकले जनाएको छ ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भइरहेको महोत्सवमा रमाइलो मेला, स्थानीय उत्पादनका विभिन्न स्टल, कृषि प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, सुदूरपश्चिमका विभिन्न परिकारसहितका स्टल लागेका छन् । महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित
Loading...