नयाँ सन्देशको समाचार प्रभाव : राजश्री फुड इन्ड्रस्टिजले गर्यो प्लान्ट बाट निस्कने धुलोधुवाँ व्यवस्थापन
धनगढीको राजश्री फुड इन्डस्ट्रिजको धुलोधुवाँले राजपुरका बासिन्दालाई हैरानी भन्ने शिर्षकमा मंसिर १३ मा समाचार प्रकाशन भएको थियो ।
धनगढी । नयाँ सन्देशको समाचार प्रभाव परेको छ । धनगढीको राजश्री फुड इन्डस्ट्रिजको धुलोधुवाँले राजपुरका बासिन्दालाई हैरानी भन्ने शिर्षकमा मंसिर १३ मा समाचार प्रकाशन भएको थियो ।
समाचार प्रकाशन भएपछि राजश्री फुड इन्डस्ट्रिजको धानको भुस निकासा हुने प्लान्ट लाई व्यवस्थापन गरिएको छ ।
‘तपाईले सकारात्मक समाचार लेख्नुभयो , कहिलेकाही जानीनजानी गल्ती हुन्छ ,मैले महसुस गरे ,अहिले प्लान्टका प्वालहरु टाल्न लगाए , ढोकाहरु पनि मिलाउन लाए अब प्राबिधिक बोलाएर सबै समस्या छिट्टै समाधान गर्दैछु’, राजश्री फुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मनोज अग्रवालले नयाँ सन्देशसंग भने , ।
प्लान्ट बाट निस्कने धुलोधुँवाले फुड इन्डस्ट्रिज वरिपरिका घरधनी र पसल व्यापारीहरुलाई गाह्रो परेको थियो । इन्डस्ट्रिज बाट निस्केको भुसको धुलोले सास फेर्न गाह्रो हुने, खोकी लाग्ने र आफ्नो घर तथा किराना पसल वरिपरिपरि दिनहुँ बाक्लो धुलो बसेर फोहर भएर हैरान भएको गुनासो पोखेका थिए । अहिले फुड इन्डस्ट्रिजबाट निस्केने धुलोधँवा व्यवस्थापन पछि स्थानिय बासिन्दा खुशी भएका छन् ।
यसरी स्थानियहरुको दुख बुझेर इन्डस्ट्रिजको प्लान्ट व्यवस्थापन गरेर राजश्री फुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक मनोज अग्रवालले एउटा जिम्मेवार व्यवसायीको परिचय दिएका छन् ।
