फिफा विश्वकप : रोनाल्डो आजपनि सुरुवाती ११ मा परेनन्

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अहिले पौने नौ बजे सुरु हुँदैछ । आजको खेलमा पनि पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ । भने कप्तानको जिम्मेवारी पेपेले सम्हाल्ने भएका छन् । आक्रमणमा गोन्कालो रामोस रहेका छन् ।

यता मोरक्कोका दुई महत्त्वपूर्ण डिफेन्डर नोसेर माजराउइ र वेस्ट ह्यामका सेन्टर डिफेन्स नाएफ अगेर्ड पनि चोटका कारण टोलीमा छैनन् । आजको खेल जित्ने टोली सेमीफाइनमा प्रवेशमा गर्नेछ ।

पोर्चुगल सुरुवाती ११

डिअ‍ोगो कोस्टा, पेपे, रुवेन डियास, डिअ‍ोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अ‍ोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअ‍ो फेलिक्स, गोन्कालो रामोस रहने छन् ।

मोरक्को सुरुवाती ११

यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत९अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन अ‍ोनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी रहने छन् ।

सम्बन्धित
Loading...