Skin_Hospital_Dhn

कैलालीको लम्कीमा संचालित आँखा शिविरमा एक हजार बढिलाई सेवा प्रदान,आँखाको दृष्टि गुमाएकाहरुले पुनः दृष्टि पाए

कैलाली जिल्लाको लम्की चुहा नगरपालिका ३ बलचौरमा आँखा संचालन गरिएको छ ।

कैलाली । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका ३ बलचौरमा आँखा संचालन गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशन र लिटिल स्टार्सको सहयोगमा मंसीर २० र २१ गते आँखा शिविर संचालन गरिएको हो ।

उक्त आँखा शिविरमा जम्मा ११२९ जनाले आँखा उपचार सेवा लिएका छन् । जसमध्ये १५४ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ । १५४ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ । १५३ जना मोतिविन्दुका विमारीहरुको शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ । उक्त शिविरहरुमा १ जनाको ट्रकोमा रोगको शल्यक्रिया गरिनुको साथै ४६७ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको र ५०८ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो ।

शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाएका छन्।

 

गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा। सुरेश राज पन्तको नेतृत्वमा संचालित उक्त शिविरमा, बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्ट लगायत १३ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

उक्त शिविर संचालनमा नेपाल बालबालिका सहायता कार्यक्रमका कर्मचारी, पदाधिकारी तथा स्थानीय समाज सेवीहरुले महत्वपूर्ण योगदान पुर्याएका थिए ।

Loading...