जीवनसाथी कसरी रोज्ने : मनोविज्ञान

सम्बन्धको दीगोपनको लागि व्यक्तिको ‘प्रोफाइल’ भन्दा उसको ब्यवहारको शैली बढी महत्वपूर्ण हुन जान्छ। बैवाहिक जोडीमा यस्ता गुणहरु भएमा  मागी बिवाह पनि प्रेम बिवाह जस्तै सुखद र सफल हुन सक्छन। विवाह गरेको ब्यक्तिसँग रोमान्स गर्न जान्नु अती महत्वपूर्ण कला हो जुन दुवै प्रकारको विवाहमा अत्यावश्यक हुन्छ।  बिवाह प्रतिको बदलिँदो मान्यता र प्रेम बिवाहको बढ्दो क्रम सँगै अहिले आफ्नो आकांक्षा र चाहना अनुरुपकोे प्रेमी वा जीवन साथी रोज्ने अवसर धेरैलाई उपलब्ध भएको छ। प्रबिधी र सामाजिक सञ्जालको पहुँचले समेत यसलाई थप सहज बनाईदिएको छ। यो अवसरको सही सदुपयोग सफल, सुखद र दीगो दाम्पत्यको एक वलियो सुरुवात बन्न सक्छ।

आफ्नो प्रेम कुन प्रकारको हो स्पष्ट हुनुहोस
एक अर्कालाई राम्रो सँग बुझ्ने अवसर प्राप्त हुने प्रेम बिवाह असफल हुन सक्ने एउटा मूल कारण किशोरकिशोरी वा युवा युवती बिच प्रेमको विषयमा पाइने गरेको अस्पष्टता र अवास्तविक धारणा हो। धेरैले पहिलो नजर एवं भेटको सहज आकर्षण र रोमाञ्चक अनुभवलाई नै साँचो प्रेम  वा ‘डिभाइन लभ’ मान्ने गर्छन। अन्य कतिपयले आफ्नो प्रेम सम्बन्धलाई इश्वरीय खटनको उपज मान्ने र सम्बन्धको भविष्य राम्रो नदेखाउने स्पष्ट सँकेतहरुलाइ समेत नजर अन्दाज गर्दै जाने हुन्छन।  विभिन्न अध्ययनहरुको निश्कर्षका अनुसार प्रेमका तीन प्रमुख अवयवहरु हुने गर्छन। मनोविज्ञानमा आम रुपमा स्विकार गरिएको प्रेमको ‘स्टर्नबर्गको सिद्घान्त’ का अनुसार  ‘प्यासन’ अर्थात शारीरिक आकर्षण एवं रोमाञ्चकता प्रेमको पहिलो तत्व हो।  यसको दोस्रो अवयव ‘इन्टिमेसी’ अर्थात गहिरो भावनात्मक निकटता, सहजता, सम्मानको भाव र ‘केयरीङ्ग’ व्यवहार हो। साथै, प्रेमको तेस्रो अवयव समर्पणको विवेकपूर्ण निर्णय हो। ‘स्टर्नबर्गका’ का अनुसार  यी अवयवहरुकै विश्लेषणको आधारमा प्रेम कस्तो प्रकारको हो र त्यस्तो सम्बन्धको भविष्य कस्तो होला भन्ने कुरा  समेत एकहद सम्म अनुमान गर्न सकिन्छ। शारीरीक आकर्षण र रोमाञ्चकताको प्रभाव बढी भएकोे तर इन्टिमेसी र समर्पणको भाव अत्यन्त कम हुने ‘प्यासनेट प्रेम’ सामान्यतः अस्थाई प्रकृतीको भईदिन सक्छ। क्षणिक रोमान्स प्रति बढी लक्षित हुने कारणले यस्तो प्रेम छिटैनै अर्थहीन एवं नीरस लाग्न सक्ने सम्भावना रहन्छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

प्यासन भन्दा इन्टिमेसी र समर्पणको प्रधान्यता भएको प्रेम दीगो र सुदृढ हुने गर्छ। यस्तो प्रेमको प्रमुख अधार शारीरीक र बाहिरी आकर्षण भन्दा मानसिक र आत्मिक स्तरमा अनुभव हुने सहजता हो। यसै सहजताका कारण यस्तो सम्बन्धमा इष्र्या र असुरक्षाको भावना अत्यन्त कम रहने गर्छ। बैवाहिक सम्बन्धको दृष्टिकोणले यस प्रकारको ‘कम्पानियोनेट प्रेम’ आवश्यक र उपयुक्त मानिएको छ।  सुरुका दिनहरुमा अधिकतर प्रेम ‘प्यासनेट प्रेम’ नै हुने गर्छन। त्यो आफैमा नराम्रो कुरा होइन। तर समयसगै त्यो प्रेम ‘कम्पानियोनेट प्रेम’ तर्फ विकसित भइरहेको छ की छैन भन्ने कुरा जीवन साथी बन्ने निर्णयको लागि अती महत्वपूर्ण विषय हो।

एकअर्कालाई वास्तविक रुपमा बुझ्नको लागि पर्याप्त समय सँगै बिताउनुहोस 
अनुसन्धानकर्ताहरुले मष्तिष्कमा पाइने परिवर्तन र प्रभावको आधारमा प्रेमको सुरुको अवस्था   अर्थात ‘प्यासनेट प्रेम’ को चरणलाई एक नशाको अवस्थासँग तुलना गरेका छन। ‘लभ इच ब्लाइन्ड’ भन्ने परम्परागत भनाईसँग मनोवैज्ञानिकहरु यस अर्थमा सहमत हुने गर्छन। हर्मोनको विशिष्ट प्रभावकोे कारण यस चरणमा बस्तुनिष्ठ भई सम्बन्धको भविश्यको बारेमा सोच्ने एवं िवेकपूर्ण निर्णय लिने व्यक्तिको क्षमतामा वास्तवमै कमी आएको हुन सक्छ। यस प्रकारको प्रभाव हुने प्यासनेट प्रेमको औषत समय सामान्यतः एकदेखी दुई वर्षको हुने गर्छ। यसैकारण बिवाहको निर्णय लिनको लागि प्रेम सम्बन्धमा कमसेकम एक वर्ष बिताउनु मनोवैज्ञानिक दृष्टिकोणबाट उपयुक्त मानिएको छ। गोप्य राखिनुपर्ने बाध्यता भएका प्रेम सम्बन्धहरुको सन्दर्भमा भने यो चरण  लामो हुन सक्छ।
‘इन्गेजमेन्ट’ को व्यवहारीक प्रयोजनसमेत मूलतः एक अर्कालाई वास्तविक रुपमा बुझ्नको लागि पर्याप्त समयसँगै बिताउनु नै हो। अर्थात, एक अर्कालाई मन पराउने ‘इम्प्रेसन म्यानेजमेन्ट’ को चरण समाप्त भएपछि एक अर्काका ब्यवहारिक पक्षका कुशलता र कमजोरीहरु थप जान्ने अवसर हो यो।

Gaurishankar Dental

‘प्यासनेट प्रेम’ को चरणमा प्रेमीलाई सकारात्मक प्रभाव र खुसी पार्ने उदेश्यले स्वभावतः  व्यक्तिहरुले तयारीका साथ  अत्यन्त आकर्षक र राम्रो व्यवहार प्रस्तुत गरीरहेको हुन्छन। एक अर्काका गल्ति र कमजोरी सामान्य र सहज रुपमा स्विकार्न सक्छन। नराम्रा पक्ष नजर अन्दाज गर्न सकिने ठान्छन। प्रेमको पछिका चरणहरुमा भने प्रेमीका सबै कुरा सकारात्मक देखिने यो रँगिन चश्मा सामान्यतः हराएर जाने गर्छ। प्रेमीको वास्तविक ब्यक्तित्व, सबल पक्ष र कमजोरीसमेत थाहा पाउनको लागि फरक फरक परिस्थितीमा  पर्याप्त समयसँगै बिताउनु राम्रो हुन्छ। परिवारका अन्य सदस्य एवं घनिष्ठ साथीहरुसँग घुलमिल र भेटघाट हुने अवसरहरुको यसमा अत्यन्त ठुलो महत्व हुन्छ। प्रेमीको  ब्यक्तित्वको सही प्रतिबिम्ब उसले अन्य र खासगरी कमजोर व्यक्तिसँग गर्ने स्वभाविक व्यवहारमा बढी पाउन सकिन्छ।

‘बिवाह व्यक्तिसँग होइन परिवारसँग पो हुँदोरहेछ’ भन्ने अंग्रेजीमा एक रोचक भनाइ छ।  यो भनाई हाम्रो देशको सन्दर्भमा अझ बढी मिल्दो हुन सक्छ। प्रेम व्यक्तिसँग हुन्छ। तर बिवाह, व्यक्ति, परिवार र गाउँसँग समेत हुन्छ। अर्थात, हाम्रो समाजमा बिवाहको दायरा, ओैपचारिकता र जिम्मेवारी अत्यन्त फराकिलो एवं केही जटील पनि छ। नेपाल र भारत मात्र होइन पश्चिमा मुलुकमा समेत एक अर्काकाका परिवारका सदस्यलाई सन्तुलनमा राख्न नसक्नु दाम्पत्यमा समस्याको एक प्रमुख कारण हुने गरेको पाइएको छ।

केही मिल्दो र परिपुरक व्यक्तित्वलाई प्राथमिकता दिनुहोस
व्यक्तित्वका हिसावले कस्तो जीवनसाथी ठिक भन्ने विषयमा रहेका फरक फरक अवधारणाहरुको बारेमा समेत मनोवैज्ञानिक अध्ययनहरु भएका छन।  ‘अपोजिट अट्रयाक्ट’ भन्ने मान्यताले आफुमा नभएका अर्थात बिपरीत गुणहरु भएको व्यक्ति आकर्षक लाग्छ भन्ने मान्यता राख्दछ। ‘समानता’ को अवधारणाले उमेर, बौद्घिक क्षमता, सुन्दरता, रुची, जीवनशैली, धार्मिक र साँस्कृतिक मूल्य मान्यता इत्यादीको समानताले सम्बन्धहरुलाई बढी प्रितिकर बनाउँछ भन्ने ठान्छ। सुरु सुरुमा केही समय नौलो र आफूभन्दा अत्यन्त बिपरित व्यक्तित्व आकर्षक लाग्ने हुन सक्छ। तर अत्यन्त बिपरीत ब्यक्तित्वहरु बिचको सम्बन्ध समयसँगै कमजोर हुदै जाने अध्ययनले देखाएको छ। जीवनसाथीबीच  विविध विषयहरुमा रहेको समानता एक अर्काले अँगालेको जीवन दृष्टिकोण र मूल्य मान्यता सही सावित गर्ने माध्यम बन्दै जाने हुनाले दुवैको लागि आत्मसम्मानको परोक्ष स्रोत बन्ने गर्छ। यसले महत्वपूर्ण विषयहरुमा असहमती र मतभेदको सम्भावनामा समेत कमी ल्याउँछ। यसरी    दीर्घकालीक सम्बन्धहरुको लागि आवश्यक पर्ने ‘कम्पानियोनेट प्रेम’ अर्थात निकटता र सहजता जस्ता गुणको लागि बिपरीत भन्दा समान व्यक्तित्व बढी उपयुक्त हुने पाइएको छ।

यस्ता कयौँ अध्ययनहरुको निष्कर्षका अनुसार जीवनसाथी रोज्दा व्यक्तित्वमा केही समानता, केही समान रुची र दीर्घकालिन सोच, एक अर्काका कमजोरी परिपुरण गर्न सक्ने क्षमता साथै मिल्दो जीवन लक्षलाई प्रथमिकतामा राख्न सुझाईएको छ। बैवाहिक सम्बन्ध दुवैको जीवन  लक्ष प्राप्तिको आधार बन्न सक्नु सुखद दाम्पत्यको एक महत्वपूर्ण सुचक मानिएको छ।

सम्बन्धलाई व्यवहारिकताको दृष्टिकोणबाट बिचार गर्नुहोस
कतिपय मनोवैज्ञानिकहरुले बैवाहिक सम्बन्धका पाँच फरक फरक चरणहरुको  व्याख्या गरेका छन्। रोमान्सको चरण, मोहभँगता अर्थात ‘डिसइलुजनमेन्ट’ को चरण, शक्ति सँघर्षको चरण, स्विकार्यता एवँ स्थाईत्वको चरण र सार्थक प्रतिबद्धता भावको चरण, त्यस्ता पाँच चरणहरु हुन। बैवाहिक सम्बन्धहरु सधै एकनास नभै विकासका फरक चरण र त्यसका प्रभाव एवँ  चुनौतिहरुवाट गुज्रने गर्छन। केही बिविधता र केही अपवाद पाईने भए पनि हरेक बैवाहिक सम्बन्ध कुनै न कुनै रुपमा यी पाँच चरणका स्वभाविक उतारचढावबाट जानुपर्ने हुन्छ।  त्यस्ता उतारचढावजन्य समस्या समाधानका लागि प्रेमीहरु मनोवैज्ञानिक रुपमा तयार एवं एक अर्काप्रति आश्वस्त रहन सक्नु पनि जीवन साथी बन्ने निर्णयको लागि महत्वपूर्ण मानिएको छ।

सुखद बैवाहिक सम्बन्धको लागि एक–अर्का प्रतिको प्रेम सवभन्दा महत्वपूर्ण तत्व हो। तर कतिपय जोडीहरुले प्रेम भएपछि अरु विविध ब्यवहारिक पक्षको बारेमा सोच्नु आवश्यकनै नरहेको ठान्ने हुन्छन्।  अथाह प्रेम भएका जोडीहरुमा समेत बिवाहपश्चात दैनिक जीवन सँचालनका कतिपय विषयहरुमा अस्पष्टता र मतभिन्नता सुरु हुन सक्छ।  पहिले अति सामान्य मानिएका खाना कसले बनाउने? सपिङ कसले गर्ने? दुवैको जागिर कसरी व्यवस्थापन गर्ने? ‘सेक्स’ कति मात्रामा आवश्यक पर्ने, बच्चा कहिले पाउने? लिभिङ अरेन्जमेन्ट कहाँ र कस्तो हुने जस्ता विषयहरु गम्भीर शक्ति संघर्ष र असन्तुष्टीका स्रोत बनिदिन सक्छन। जीवनसाथी बन्ने निर्णयको लागि यस्ता विषयहरुमा सहज समझदारीमा पुग्न सक्नेछौँ भन्ने गहिरो विश्वास एक—अर्का प्रति हुनु अति आवश्यक हुन्छ।

स्वास्थ खबर पत्रिका

DHN_Aaglagi
Loading...