फार्मेसी सहायकको लाइसेन्स परीक्षामा कुल १ हजार ४ सय १४ जना मध्ये ९ सय ६७ विद्यार्थी मात्र उत्तीर्ण

धनगढी ।

नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

शनिवार नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा कुल १ हजार ४ सय १४ जना सहभागी मध्ये ९ सय ६७ (६८.३८ प्रतिशत) विद्यार्थी मात्र उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले जानकारी दिनुभयो ।

Gaurishankar Dental

पछिल्लो समय परिषद्ले परीक्षालाई मर्यादित बनाउन औला र अनुहारको स्क्यान गर्ने गरी बायोमेट्रिक प्रणाली लागू गरेको जनाएकोछ ।

बायोमेट्रिक प्रणाली भनेको के हो ?

यो एक मानवीय पहिचानका लागि प्रयोग गरीने प्रणाली जसले बायोलोजिकल तत्वको परीक्षणका आधारमा मानिस वा अन्य जैविक तत्वको पहिचान गर्दछ । डिएन, फिंगर प्रिन्ट, रक्त परि, स्वर रिकर्ड आदि यस प्रणालीका आधार हुन् ।

यो परीक्षणको प्रयोग हाम्रो दैनिक जीवन देखि प्रशासनिक,प्राविधि क्षेत्र आदिमा प्रयोग हुँदै आएको छ । परम्परागत रुपमा ल्याप्चे सहिछापको प्रयोग,रक्त परीक्षणको आधारमा नाता सम्बन्ध कायम हुने वा अपराध पत्ता लाग्ने,अफिसमा औठा छाप प्रणालीलाई इलेक्ट्रेनिक विधि अनुसार गर्ने आदि यस प्रणालीका उदाहरण हुन् । हाल बैदेशिक रोजगारको क्षेत्रमा यो प्रणालीको प्रयोगको चर्चा बढी चलेको छ ।

सम्बन्धित
Loading...