आफ्ना सेयरधनीलाई नबिल बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ ।
आइतबार बसेको बैंक सञ्चालक समतिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।