तापक्रम क्रमिक रूपमा घट्दै, चिसोबाट बच्न महाशाखाको अनुरोध

हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

Gaurishankar Dental

राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ। बुधबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

तराईका केही भूू—भागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भू—भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ। चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...