कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Gaurishankar Dental

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका – ५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो ।

से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीले बताए। शबलाई पोष्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...