Skin_Hospital_Dhn

विश्वकपका खेलहरुलाई लिएर सट्टेबाजी खेलाउने व्यक्ति पक्राउ, २ करोडभन्दा बढीको कारोबार !

विश्वकप फुटबलका खेलहरुलाई लिएर अनलाइनमार्फत् सट्टेबाजी खेलाउने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका–१ घर भएका २० वर्षीय आदर्श ठाकुर छन्। उनलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

ठाकुरले विश्वकप फुटबलमा सट्टेबाजीका एजेन्ट भएर काम गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।

बेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत् उनले एजेन्ट भएर सट्टेबाजी खेलाउने गरेको प्रहरीको दाबी छ। उनले विगत ८ महिनादेखि वान एक्स बेटको एजेन्ट भएर काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेका थिए। उनले हालसम्म २ करोड २८ लाख ४४ हजारभन्दा बढीको सट्टेबाजी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

उनले ४८५ वटा डिजिटल वालेटहरू सञ्चालन गर्ने गरेको पाइएको छ।

सम्बन्धित
Loading...