धनगढी ।
हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। तराई भू—भागको केहि स्थानहरुमा हुस्सु÷कुहिरो लाग्नुको साथै देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसोː प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका केही भू—भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू—भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन जल तथा मौसम विज्ञान विभाग अनुरोध गरेको छ ।
