
कञ्चनपुर ।
कञ्चनपुरमा आगलागीबाट दुई लाख रुपैयाँ बराबरको सामानहरू जलेर नष्ट भएको छ । जिल्लाको भिमदत्त नगरपालिका ९ ब्रह्मदेव बस्ने रमेश बोहराको घर नजिकै रहेको नास्ता पसलमा आगलागी हुँदा उक्त रुपैयाँ बराबरको सामानहरू जलेर नष्ट भएको हो ।

प्रहरीका अनुसार हिजो (सोमबार) साँझतिर उक्त नास्ता पसलमा खाना पकाउने ग्याँस सिलेण्डरबाट ग्याँस लिक भई आगलागी हुँदा पसल भित्र रहेका किराना सर९सामान, भाडा बर्तन र काठ गरी अन्दाजी २,००,००० रुपैयाँ बराबरको सामानहरू जली नष्ट भएको छ ।

उक्त आगलागी प्रहरीले र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
