

धनगढी ।
कैलालीमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उप-महानगरपालिका ३ मिलन चोकबाट अवैध भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको हो ।
मिलन चोकबाट अन्दाजी ३५,८०० रुपैयाँ बराबरको चिनी, सुर्ती, नरिवल, प्लास्टिक झिल्ली, लगायतका सामानहरू हिजो (सोमबार) साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
