धनगढी ।
सुदूरपश्चिम महोत्सव २०७९ को (१६औ) संस्करणको समयअबधि तिन दिन थप गरिएको छ । महोत्सवमा दिन प्रतिदिन दर्शकहरूको बढ्दो चापका कारण आयोजकले महोत्सवको समयअबधि तिन दिन थप्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम महोत्सवको सातौ दिन हिजो (मङ्गलवार) सम्म आइपुग्दा लगभग दुई लाख दर्शकहरूले अवलोकन गरेको र तिन देखी चार करोड सम्म कारोबार भएको अनुमान गरिएको उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताएका छन् ।
उद्योग वाणिज्य संघका महासचिव बिष्टल ‘दर्शकहरूको चाप त छ तर कोरोनाका कारण दुई तिन वर्षको अन्तरमा महोत्सव सञ्चालन भएको र आर्थिक मन्दिका कारण केही कम भएको हामीले महसुस गरेका छौ ।’
महोत्सवमा सुदूरपश्चिम भरीबाट दर्शकहरू आउने गरेका छन् ।