Skin_Hospital_Dhn

धनगढीमा हिजो भएको आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

धनगढी ।
कैलालीको धनगढीमा हिजो भएको आगलागीबाट आठ लाख रुपैयाँ बराबरको सामानहरू जली नष्ट भएको छ । धनगढी उप—महानगरपालिका ४ बसपार्क गोल मार्केट स्थित गोदावरी नगरपालिका १ बस्ने ३५ वर्षीय चेतराज भट्टको कपडा पसलमा आगलागी हुँदा अन्दाजी ८,००,००० रुपैयाँ बराबरको सामानहरू जली नष्ट भएको हो ।

उनले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेज (कपडाको होलसेल पसल) मा हिजो (बुधवार) दिउसो अचानक विद्युतको लाइन सर्ट हुन गई आगलागी भएको थियो । उक्त आगलागी प्रहरीले स्थानीय र दमकलको सहायताले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...