Skin_Hospital_Dhn

आज सुदूरपश्चिम महोत्सवको नवौँ दिन को—को कलाकार आउने ?

धनगढी ।

सुदूरपश्चिम महोत्सव २०७९ को आज नवौँ दिन रहेको छ । अरु दिनझै आज पनि महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा आज चक्र बम र खुमन अधिकारीको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए ।

कलाकार संयोजक कुँवरले आज स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए ।
पुस २ गते बद्री पंगेनी र राधिका हमाल आउने भएका छन् । महोत्सवको अवधि तीन दिन थपिएको आयोजकले जनाएको छ । महात्सको समयअबधि तिन दिन थपस्य संगै मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस ५ गते सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित
Loading...